adv

शासक होइन, सेवक हुन जनप्रतिनिधिलाई एमाले झापाको निर्देशन

दमक, २२ साउन ।


जनप्रतिनिधि शासक होइन, जनताको सेवक हुनु पर्ने नेकपा एमालेका स्यायी समिति सदस्य देवराज घिमिरेले बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी झापाले शनिबार आयोजना गरेको स्थानिय तह सञ्चालन सम्वन्धि अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् ।

एमालेवाट झापा जिल्लाभरी निर्वाचित जनप्रतिनिधिहरुलाई विर्तामोडमा अभिमुखीकुरण गर्दै एमाले प्रदेश नम्बर १ इन्चार्ज समेत रहेका घिमिरेले जनप्रतिनिधिहरुले जनताको सारोगाह्रोमा सेवा र सहयोग गर्नुपर्ने भन्दै निर्देशन दिएका हुन् ।

एमाले झापा जिल्ला उपाध्यक्ष एवम् स्थानीय विकास विभाग प्रमुख प्रेम गिरीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा पार्टीको पोलिटब्युरो सदस्य ,स्थानिय विकास विभाग प्रमुख देवेन्द्र दाहालले जनप्रतिनिधिहरुले परनिर्भरतालाई अन्त्य गर्ने खालका नीति कार्यक्रम स्थानीय तहले बनाउनु पर्नेमा जोड दिएका थिए ।

एमालेको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहेका दाहालले मुलुकलाई आत्मनिर्भर बनाउन स्थानिय उत्पादनमा लाग्नु पर्ने बताए ।

अभिमुखीकरण कार्यक्रममा एमाले प्रदेश सचिव चिन्तन पाठक, स्थानिय बिकास विभाग सचिव हर्क राईलगायतले सहभागीहरुलाई अभिमुखीकरण दिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु