adv

लिम्बू इतिहास अध्ययनका लागि पुस्तकालय

२२ साउन, दमक ।


धरानमा लिम्बू इतिहास सम्बन्धि अध्ययन गर्न मिल्ने पुस्तकालय खुलेको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर १५ मा लिम्बू इतिहास अध्ययन गर्न मिल्ने गरी पुस्तकालय स्थापना गरिएको छ ।

लिम्बू विद्यार्थी मञ्च सुनसरीले किरात याक्थुङ चुम्लुङ सुनसरीको कार्यालय चुम्लुङ हिममा स्थापना गरेको सो पुस्तकालयको उद्घाटन आइतबार धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाले गरेका छन् ।

लिम्बू विद्यार्थी मन्चका केन्द्रीय महासचिव सागर सरगम चेम्जोङ्ले पुस्तकालयमा संकलन गरिएका नेपालको इतिहास र लिम्बू इतिहास सम्बन्धि पुस्तकले भावी पुस्तालाई ज्ञान आर्जनमा महत्वपूर्ण सहयोग पु¥याउने बताएका छन् ।

लिम्बू विद्यार्थी मञ्च सुनसरीका अध्यक्ष हरि इवाहाङ लिम्बूले विद्यार्थीहरु वा लिम्बू समुदायका लागि मात्र नभएर सबै समुदायलाई ज्ञान आर्जन गर्न सजिलो होस् भन्ने आसयले पुस्तकालय स्थापना गरिएको बताए ।

हाल पुस्तकालयमा १ हजार भन्दा बढी पुस्तकहरु उपलब्ध रहेको र क्रमशः थप्दै लगिने लिम्बू विद्यार्थी मञ्च सुनसरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु