adv

फोनिज अवार्डबाट चार जना पत्रकार पुरस्कृत हुँदै, मातृभाषा पत्रकारिता सम्मान बुङ्वाखालाई

२५ साउन, दमक ।


नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड) चार जना पत्रकारहरुलाई प्रदान गरिने भएको छ ।

यस वर्ष क्रमशः छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समालले फोनिज अवार्ड २०७९ पाउने भएका छन् ।

फोनिज संघीय कार्य समितिले साउन २७ गते फोनिजको २३औं स्थापना दिवसमा एक समारोहको आयोजना गरेर पुरस्कार प्रदान गर्ने छ ।

फोनिज महासचिव मिलन लिम्बूले प्रेस नोट जारी गरेर पुरस्कृत व्यक्तित्वहरु बारे जानकारी गराएका हुन् ।

फोनिज मातृभाषा पत्रकारिता सम्मान भने राई बान्तावा भाषाको बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ ।

त्यस्तै सोही अवसरमा फोनिजको सांगठनिक जीवनमा अतुलनीय योगदान पु¥याएको भन्दै फानिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ र पूर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।

फोनिजले हरेक वर्ष प्रदान गर्ने पुरस्कार तथा सम्मानका लागि निर्वतमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहेको ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरेको थियो । समितिले गरेको निर्णय फोनिज संघीय सचिवालयले अनुमोदन गरेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु