adv

प्रदेश प्रमुख खापुङबाट लाइफलाइन अस्पताल अवलोकन

२५ साउन, दमक ।

दमकस्थित लाइफलाइन अस्पतालको अवलोकनका क्रममा प्रदेश प्रमुख खापुङ अस्पतालका सञ्चालक र कर्मचारीहरुसँग ।

प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले गत मंगलबार झापाको दमकस्थित लाइफलाइन अस्पतालको अवलोकन गरेका छन् ।

अस्पतालका अध्यक्ष प्रेम देवकोटा, संस्थापक सञ्चालक बालचन्द्र सुब्बा, अस्पतालका प्रशासन प्रमुख सिम्रिक गिरी, विमा प्रमुख विशाल आङ्देम्बे, विभागीय प्रमुखहरुले अस्पतालको अवस्था बारे प्रदेश प्रमुख खापुङलाई जानकारी गराएका थिए ।

नेपालको पूर्वी क्षेत्र खास गरी झापाको माई पश्चिम, इलाम र पाँचथरका पश्चिम दक्षिण्ी भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको लाइफलाइन अस्पतालमा आइसीयूसहित प्रसुती सेवा, नवजात शिशुका लागि एनआइसीयू सुविधा छ ।

त्यस्तै स्टाफ नर्स, रेडियोलोजी, हेल्थ असिस्टेन्टलगायत विषयको पठनपाठनसमेत हुँदै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु