३० साउन, विराटनगर ।

प्रदेश नम्बर १ सरकारले तयार गरी प्रदेश सभाबाट पारित भएको ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ प्रमाणीकरण भएको छ ।
प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभा, प्रदेश नं. १ को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक प्रमाणित गरेका हुन् ।
प्रदेश सरकार मातहतका, स्थानीय सरकार, संघसंस्थाका मानवीय जनशक्तिलाई सक्षम बनाउन प्रशिक्षण प्रतिष्ठान महसुस गरे अनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७९’ को प्रस्ताव पारित गरि प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष पठाएको थियो ।
यस प्रतिष्ठान स्टफ कलेजको स्वरूपमा झापा चन्द्रगढीको कलवलगढीमा केन्द्रीय कार्यालय रहने बताइएको छ ।


