३० साउन, दमक ।

सोमबार देशभर थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार नै कोराना संक्रमित १ जनाको उपचारका त्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ७ सय ३७ परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
३ हजार १ सय ५५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको हो भने २ हजार ५ सय ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार नै ४ सय ७४ जनाले कोरोना जितेका छन् ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ जना रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये ५ हजार १ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ९९ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा उपचाररत छन् ।

