adv

भारत फिफाको निलम्बनमा परेपछि यू १७ महिला विश्वकप अन्योलमा

३१ साउन, दमक ।


अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सोमबार भारतलाई प्रतिवन्ध लगाएपछि यू १७ महिला विश्वकप प्रतियोगिता नहुने भएको छ ।

यू १७ महिला विश्वकप प्रतियोगिता अक्टोबर ११ देखि ३० सम्म भारतमा हुने कार्यक्रम तय भएको थियो ।

फिपाले भारतको अल इन्डियन फुटबल एसोसियसन (एआईएफएफ) लाई तत्काल लागू हुने गरी
प्रतिबन्ध लगाएको हो । एआईएफएफमा तेस्रो पक्षको हस्तक्षेप बढेको भन्दै फिफाले भारतलाई प्रतिबन्ध लगाएको हो ।

यो प्रतिबन्धसँगै भारतमा हुने कुनै पनि घरेलु प्रतियोगितालाई फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले मान्यता दिने छैनन् भने भारतको राष्ट्रिय टिमले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन् ।

फिफाले फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेपलाई गम्भीर मान्दै त्यस्तो कार्यलाई अस्विकार गर्दै आएको छ ।

महिला साफ च्यम्यिनसिपमा भारत प्रतिवन्धित

प्रतिबन्धमा परेसँगै साविक विजेता भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नपाउने भएको छ ।

अब महिला साफमा ६ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

साफले यस अघि सार्वजनिक गरेको खेल समूह विभाजन अनुसार समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको थियो । यस्तै समूह ‘बी’ मा नेपाल, श्रीलंका र भुटान रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु