adv

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित तीन जना पत्रकार तथा प्रमुख अतिथि र बिसेस अतिथि 

बिर्तामोड,१ भदौ । प्रेस सेन्टर नेपाल झापा शाखाले डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । सेन्टरले बुधबार एक कार्यक्रमको आयोजना गरि जिएन शर्मा, राजु पाठक र लिलाराज झापालीलाई पुरस्कृत गरेको हो ।
पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत तीनै जनालाई जनही एक्काईस हजार नगद र सम्मान पत्र प्रदान गरिएको थियो । आचार्यलाई २०५९ साल साउन ७ गते तत्कालिन शाही सेनाले पक्राउ गरि हत्या गरेको थियो ।

कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल)ले माओवादी आन्दोलन जारी रहेको र यो परिवर्तनको मुद्दामा केन्द्रित भएको बताए । उनले डी. कौडिन्यको पत्रकारिता रचनात्मक रहेको भनाई राखे ।

                                       कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि  पार्टीका पोलिटब्युरो सदस्य तथा सांसद राम कार्की

सहिद डी. कौडिन्यका धर्मपत्नी यमुना आचार्यले श्रीमानको सपना अझै पूरा नभएको बताइन । ‘उहाँ संसदीय ब्यवस्थाको बिरोध गर्नुहुन्थ्यो,’ उनले भनिन, ‘अहिलेको राजनीति संसदीय ब्यवस्थामा नै हिडिराखेकाले उहाँको सपना अधुरै रहन्छ कि भन्ने लाग्छ ।’ राजनीतिको स्रोत समाज भएको बताउँदै आचार्यले जनताको मन जित्न नेता कार्यकर्ताहरुलाई आग्रह गरिन ।  पुरस्कार राशी सानो भएपनि ठूलो सम्मान भएको सम्झन पुरस्कृतहरुलाई उनले आग्रह गरिन ।

पुरस्कृत ब्यक्तित्वहरुको तर्फबाट जिएन शर्माले मन्तब्य राख्दै डी. कौडिन्यले संसदीय ब्यवस्थाबाट जनताको अधिकार प्राप्त नहुने बताउने गरेको स्मरण गरे । कौडिन्यसँग आफुले संगत गरेको बताउँदै उनी सरल र बौद्धिक ब्यक्तित्व भएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिं दर्लामी, जिल्ला समन्वय समिति झापाका अध्यक्ष अग्नि आचार्य र पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजकसमेत रहेका प्रेस सेन्टरका केन्द्रिय सचिब बिमल लामिछानेले डी. कौडिन्यको जिवनीको बारेमा चर्चा गरेका थिए ।

                                                  कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका अतिथिहरु 

प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षता तथा पार्टीका पोलिटब्युरो सदस्य तथा सांसद राम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा जिल्ला सहइन्चार्जहरु सिपी कडरिया, ज्योतिसिं दर्लामी, प्रदेश सदस्यहरु कुबेर श्रेष्ठ, बासु दुलाल, सहकारी संघका प्रदेश सचिव भवानी दंगाल,  प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव राजन केडी, प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतम, प्रेस सेन्टर प्रदेश १ का अध्यक्ष बिबेक घिमिरे, मुख्य सचिव सुजन तिम्सिना, पत्रकार महासंघ प्रदेश १ का महासचिव बिबेक गौतम,  प्रेस चौतारी झापा अध्यक्ष प्रकाश पौडेल, नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटी, फोनिज झापा अध्यक्ष भुमिका लिम्बू, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईं, माओवादी केन्द्र बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षहरु कमल कडरिया, जेबी जबेगु , सचिव गणेश कालिकोटेलगायत दर्जनौँ संचारकर्मी तथा नेताहरुको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु