१ भदौ, दमक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि झापा आउँदैछन् ।
पछिल्लो समय गृह जिल्ला झापा आउ–जाउलाई बढी महत्त्व दिँदै आएका अध्यक्ष ओली चुनावको मिति घोषणा भएसँगै गृह जिल्लाका कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।
भोलि बिहीबार झापाको बनियानीमा हुने पार्टीको कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
ओली भदौ ३ गते शुक्रबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ का पार्टी निकटका उद्योगी व्यवसायीहरु र एमालेनिकट मजदुरहरुको दमकमा आयोजना हुने भेलामा सहभागी हुने छन् ।
त्यस्तै उनले शुक्रबार नै गौरादहमा पनि पार्टीका विभिन्न भेला तथा कार्यक्रममा सहभागीहुने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
भदौ ४ गते विर्तामोडमा हुने अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उद्घाटन र इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । उनी सोही दिन काठमाडौं फर्कने छन् ।

