adv

दमकमा होटल केबीआर सञ्चालनमा

४ भदौ, दमक ।


झापाको दमकमा करिब १० करोड लागतमा नयाँ होटल सञ्चालनमा आएको छ ।

दमक ८ स्थित केबीआर प्रा.लि.ले सञ्चालनमा ल्याएको होटल केबीआर होटल शनिबार एक कार्यक्रमका बीच दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिबन काटेर उद्घाटन गरेका हुन् ।

होटल उद्घाटनपछि अध्यक्ष श्रेष्ठले भने –‘विश्वभर सबै भन्दा बढी सुरु गरिने व्यवसाय होटल नै रहेको र सबै भन्दा बढी बन्द हुने व्यवसाय पनि होटल नै रहेकको विश्वको तथ्याङ्कले देखाउँछ । २ वर्ष भन्दा बढी समय टिकेको होटल व्यवसायिक रूपले सफल हुने गरेको छ ।’

दमककै उच्च सुविधासहितको होटल सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका एक ध्रुव थापाले जानकारी दिए । यस अघि होटल कात्यानी इनको स्वामित्वका रहेको होटल केबीआर प्रा.लि.ले ६ करोड २० लाखमा खरिद गरी आवश्यकता अनुसार थप लगानी गरि सञ्चालनमा ल्याइएको थापाको भनाइ छ ।

उनले भने –‘आर्थिक मन्दीको अवस्था छ । तर, हामीले उच्च जोखिम मोलेर होटल सञ्चालनमा ल्याएका हौं । उद्घाटन गर्दाको अवस्थासम्ममा ९ करोड भन्दा बढी लगानी गरिसक्यौं ।’

विधिवत सञ्चालनमा आएसँगै अब केबीआर होटलमा करिब ५ सय जना आँट्न सक्ने ओपन स्पेस रेष्टुरेन्ट, २ सय ५० जना क्षमताको पार्टी प्यालेस, २ वटा सभाहलसहित ७ वटा भिआइपी स्वीट रूम, १० वटा एसी डिलक्स रूम र ३ वटा नर्मल रूमसहितको सुविधा उपलब्ध हुने छ ।

थापासहित होटल सञ्चालकहरुमा विरेन्द्र रिजाल र राजन पोखरेल छन् । दमकका एउटै होटलमा पार्टी प्यालेस, ओपन स्पेस रेष्टुरेन्ट र आवाससहितको सुविधा पहिलो पटक उपलब्ध गराउन लागिएको उनीहरुको दावी छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु