adv

सत्ता गठबन्धन हुँडारको जत्था : एमाले अध्यक्ष ओली

३ भदौ, दमक ।

वर्तमान सत्ता गठबन्धन हुँडारहरुको जत्था भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

आज शुक्रबार झापाको दमकमा आयोजित सिटी सिक्सा मजदुरहरुको नगर अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले भने –‘बरु बाघले सिंहले मारेर खान्छ । हुँडारले जहाँ भेट्यो जिउँदैमा चोक्टा लुच्छ । अहिले एमालेविरुद्ध गठबन्धन हुँडारको झुण्ड भएको छ । तर हामी निर्वाचनमा हुँडारहरुलाई पन्छाउने टक्टक्याउने छौं ।’

विभिन्न नाउँमा एमालेमाथि घेराबन्दी रहेको दावी गर्दै ओलीले चुनावमा जनताको मतबाट ती सबै घरोबन्दी तोड्ने विश्वास व्यक्र गरे ।

एमालेसँग एक्लै कोही पनि लड्न नसक्ने स्थिति बनेको दावी गर्दै उनले बरु कालो कुकुरले जितोस्, एमालेले नजितोस् भन्ने काँग्रेसी मानसिकता ठीक नभएको आरोप समेत लगाए ।

आन्दोलन सदा श्रमिक, श्रमजीबि र गरिबले मात्रै गर्ने जिकिर गर्दै उनले भने –‘हामी स्वाधीनता जोगाउने आन्दोलन, देशको स्वाभीमान माथि उठाउने, लाकेतन्त्र प्राप्ति र लोकतन्त्रलाई सुदृढ गर्नलाई, जनताको जीवनस्तर परिवर्तन गर्नलाई आन्दोलनमा छौं ।’

आन्दोलन शासक र संभ्रान्त वर्ग, जमिन्दार र पुँजीपतीले नगर्ने भन्दै ओलीले आन्दोलन एमालेको विषय भएको जिकिर गरे ।

समाजमा शान्ति सुव्यवस्था कायम गर्न, भ्रष्टाचार बेथिति रोक्न आन्दोलन हुने भन्दै ओलीले जनताको पक्षमा नभएर सम्झौताहरुमा आन्दोलन टुङ्गिने गरेकाले परिस्थितिहरु बिग्रिने गरेको बताए ।

२००७ सालको क्रान्ति कांग्रेस र राजाका बीचमा पुँजीवादी र सामन्तवादीबीचको सम्झौता मात्रै हुन पुग्दा २०१७ सालमा पञ्चायत जन्मिएको ओलीको भनाइ थियो ।

गरिब र उत्पीडितका नाउँमा महान जनयुद्ध गरेको दावी गर्ने माओवादी अध्यक्ष प्रचण्ड चाटुकार मात्रै भएको आरोप लगाउँदै ओलीले कथित जनयुद्ध सत्तामा पुग्ने भर्याङ मात्रै रहेको टिप्प्णी गरे ।

बिहीबारदेखि गृह जिल्ला झापाका विभिन्न पार्टी गतिविधिमा सहभागी रहेका ओली भोलि शनिबार पनि एमालेले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने ओलीको निजी सचिवालयले जनाएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु