adv

नेता गिरीको अन्त्येष्ठी आज, लहान नपाले दियो शोक विदा

५ भदौ, दमक ।


प्राज्ञिक र बौद्धिक नेताको छवि बनाएका कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको अन्त्येष्ठी आज आइतबार दिउँसो गरिने भएको छ ।

बिहान काठमाडौंस्थित मेडसिटी अस्पतालको शिवालयमा राखिएको दिवंगत नेता गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नेहरुको घुँइचो नै थियो ।

गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका थिए ।

अस्पताल परिसरबाट गिरिको पार्थिव शरीर ११ बजे नेपाली कांग्रैसको पार्टी केन्द्रीय कार्यालय सानेपा लगिने छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने नेपाली कांग्रेसले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नम्वर १ का सांसद प्रदिप गिरिको निधनमा लहान नगरपालिकाले शोक बिदा दिएको छ ।

लहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मायानाथ आचार्यले विज्ञप्तिमार्फत शोक विदा दिइएको जानकारी दिएका हुन् ।

नेता गिरिको निधनको शोकमा नगर भित्रका सम्पूर्ण शैक्षित संस्था, स्वास्थ्य संस्था (आकस्मिक बाहेक), वडा कार्यालय र मातहतका कार्यालयहरू बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेता गिरिको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा शनिबार राति उपचारकै क्रममा निधन भएको हो। पछिल्लो समय गिरीलाई क्यान्सर र निमोनिया भएको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु