adv

गिरीको शोकमा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

५ भदौ, दमक ।


नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै पार्टी कार्यालयहरुमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
कांग्रेस स्रोतका अनुसार सोमबार एक दिन पार्टीको केन्द्री कार्यालयलगायत मातहतका सबै कार्यालयहरु बन्द गर्ने जनाएको छ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने उल्लेख छ ।
सांसदसमेत रहेका नेता गिरिको शनिबार राति ७५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।
गिरी नेपालकै प्राज्ञिक र बौद्धिक नेता मानिन्थे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु