adv

भूटान गजल मञ्च पुनर्गठित

७ भदौ, दमक ।


भूटान गजल मञ्च अमेरिकामा पुनर्गठन भएको छ ।

आइतबार अमेरिकाको पेन्सेलभेनिया राज्यस्थित जेफर्सन हिल्स सहरमा मञ्चको पुनर्गठन कार्य सम्पन्न गरिएको हो । भुटानी शरणार्थी समुदायलाई पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिकालगायत विभिन्न पश्चिमा मुलुकहरुमा स्थानतरण गरिएसँगै मञ्च पनि निष्कृय बनेको थियो ।

पातलो अन्तरेको संयोजकत्वमा गठित पुनर्गठन समिति समितिको पहलमा मञ्चको पुनर्गठन कार्य पूरा भएको प्रचार–प्रसार सचिव अर्जुन प्रधानले जानकारी दिए । पुनर्गठन समितिका सदस्यहरुमा राज बराल र शेखर कोइराला सदस्य थिए ।

पाँच बर्षे कार्यकालका लागि नेत्राचार्य कौडिण्यको अध्यक्षतामा गठित समितिका उपाध्यक्ष पूर्ण नर्जाली र सचिव धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ चयन भएका छन् भने सहसचिव माया भट्टराई, कोषाध्यक्ष आरबी खड्का र प्रचार–प्रसार सचिवमा वेणु मैनाली ‘ईट्टाघरे’ र अर्जुन प्रधान चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा क्रमशः शेखर कोइराला, पातलो अन्तरे, आभाष रिखाम, दिपेन ढुङ्गाना, अविनाश भट्टराई र भीम गुरूङ छन् ।
मञ्चको प्रमुख सल्लाहकार गङ्गा लामिटारे छन् भने सल्लहकारहरु क्रमशः डेन्जोम साम्पाङ, अर्जुन रसाइली, जय बान्तवा, त्रिविक्रम न्यौपाने, केशव बैरागी, राज बराल, कर्ण गुरूङ, खेम रिजाल र सबीन शर्मा छन् ।

वि. सं. २०६० सालमा शरणार्थी शिविर बेलडाँगीमा भूटान गजल मञ्चको स्थापना भएको थियो । भूटानी नेपाली गजलको इतिहासमा स्रष्टा याम थुलुङ, शेरु राई उदास, भोलानाथ शिवाकोटी पुरानाघरे, कमल धिमाल खल्ती पीडित, जितेन मुस्कान, केडी भण्डारी काइँलो, स्वर्गीय रूपा सुब्बा, यतिराज बराललगायत अघिल्लो पुस्ताको योगदान अतुलनीय रहेको छ ।

सो कार्यक्रका बीच स्रष्टाहरु दिपेन ढुङ्गाना, आभाष रिखाम, शेखर कोइराला, राज बराल, गोपाल पौड्याल, त्रिविक्रम न्यौपाने, अञ्जान भूटानी, सत्यजी क्षत्रीलगायतले रचना वाचन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु