adv

खाद्य वस्तुमा मनपरी भयो, तत्काल अनुगमन गर : उपोक्ता महासंघ

७ भदौ, दमक ।


दैनिक उपभोग्य खाद्य वस्तुमा परिमाण घटाउने र मनपरी मूल्यवृद्धि गरिएको भन्दै तत्काल बजार अनुगमन गर्न नेपाली उपभोक्ता संरक्षण महासंघ, प्रदेश नम्बर १ ले माग गरेको छ ।

मंगलबार महासंघका प्रदेश १ अध्यक्ष नारायण योङहाङ र महासचिव विष्णु पोखरेलले संयक्त हस्ताक्षरित विज्ञप्ति जारी गरेर यस्तो माग गरिएको हो ।

थोक तथा खुद्रा बिक्रेताहरुले उपभोक्ताले देख्ने गरी मूल्य सूचि टाँस गर्नु पर्नेमा त्यसो नगरेको भन्दै महासंघले स्थानीइ सरकार, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ – ‘चाउचाउ लगायतका प्याकेजिङमा नुडल्सका सामग्रीहरुमा तौल घटाएर बजारमा पठाएको र मूल्य भने अझ बढाएर पठाएको स्वयम् व्यवसायीहरुले नै बताउन थालेको प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय तथा जिल्लास्तरीय अनुगमन समितिहरुले यस विषयमा बजार अनुगमन तत्काल गरोस् भन्ने हाम्रो माग रहेको छ । यसमा यस नेपाल उपभोक्ता संरक्षण महासंघ प्रदेश १ को समेत प्रतिनिधित्व गराउन सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदछौं ।’

महासंघले वस्तु उत्पादकका तर्फबाट वस्तुको उत्पादकत्व, गुणस्तर, त्यसको साइड इफेक्ट, ब्याच नम्बर उत्पादन मिति, बिक्री मूल्य, प्रयोग गर्न मिल्ने अवधि, मानव स्वास्थ्यलाई हानी पुर्याउने खालका पदार्थहरुको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिन्ह प्रयोग गर्नुपर्ने लगायत विषयमा ध्यान दिन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग माग गरेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु