adv

मुख्यमन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको भन्ने समाचार गलत हो : यादव

७ भदौ, दमक ।


जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन दिएको भनेर आएको समाचारमा सत्यता नरहेको बताएका छन् ।

मुख्यमन्त्री राउतलाई हटाउने बारे पार्टीले कुनै निर्णय नै नगरेको र त्यस्तो कुनै योजना नरहेको दावी गर्दै अध्यक्ष यादवले उक्त समाचारको खण्डन गरेका हुन् ।

बिहान जनकपुरमा सञ्चारकमीर्रुसँग संक्षिप्त कुरा गर्दै यादवले भने –‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन ।’

मुख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि सो बारे छानबिन चलिरहेका बेला राउतलाई राजीनामा दिन यादवले निर्देशन दिएको भन्ने खबर सोमबार सार्वजनिक भएको थियो ।

राजधानीका केही ठूला भनिएका मिडियाहरुले मुख्यमन्त्री राउत बारे र जसपा बारे अनावश्यक भ्रम फैलाउने गरी समाचारहरु सम्प्रेषण गरेको ओारोप जसपा मधेस प्रदेशले लगाएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु