adv

शुक्रबारबाट १२ दुर्वासा मञ्चन हुँदै

८ भदौ, दमक ।


भदौ १० गतेदेखि मञ्चन हुने नाटक ‘१२ दुर्वासा’ को आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

दमकस्थित कदम थिएटरको प्रस्तुति रहेको यो नाटक विश्व प्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज ‘टुवेल्भ एङ्ग्री मेन’ को नेपाली रूपान्तरण हो ।

कदमले भदौ १० गतेदेखि २६ गतेसम्म मञ्चन गर्ने नाटकको तयारी अन्तिम चरणमा पुगेको नाटकको परिकल्पनाकार र निर्देशक सिजन दाहालको भनाइ छ ।

शुक्रबार र शनिबार दिउँसो १ बजे समेत अतिरिक्त शो राखिएको ‘१२ दुर्वासा’ भदौ १० देखि २६ गतेसम्म अन्य दिन भने साँझ ५ बजे मात्रै एक शो मञ्चन हुने छ ।

संसारका धेरैवटा देशहरुमा मञ्च भएको यो नाटक २०७३ सालमा नेपालमा पनि मण्डला थिएटरले २१ दिन सम्म मञ्चन गरेको थियो ।

यदि अदालतलाई कुनै निर्णय गर्न गाह्रो भएमा वा विशेष कारण वश कुनै मुद्दामा गम्भीर शंका देखेमा फरक पेशाका १२ जना आम नागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर निर्णय गर्न लगाइने अभ्यास भएका छन्, केहि देशहरुमा । १२ दुर्वासा यहि पृष्ठभूमिको नाटक हो ।

एक जना किशोरले आफ्नै बाबुको हत्या गरेको अभियोग बारे निचोडमा पुग्न अदालतले १२ वना विभिन्न पेशामा आबद्ध मानिसहरुलाई जिम्मेवारी दिएको छ ।

उनीहरु एउटा बन्द कोठाभित्र बसेर के निर्णय दिने भन्ने बारेमा वहस गरिरहेका छन् ।

अभियुक्त किशोर निर्दोष हो वा दोषी हो ? भन्ने बारेमा १२ जनाले नै सर्वसम्मत निर्णय गर्नु परेकाले १२ जनाबीच विचार मन्थनका क्रममा सिर्जित संघर्षको कथा हो, १२ दुर्वासा ।

रेग्नाल्ड रोजको मूलकथा रहेको नाटकलाई सुरेश सापकोटाले नेपाली रुपान्तरण गरेका हुन् ।

नेपालका स्थापित सिने कलाकार हेमन्त बुढाथोकीदेखि दुई पटक दमक नगरपालिकाको प्रमुख बनिसकेका रोमनाथ ओलीले नाटकमा अभियन गरेका छन् ।

दुर्वासाको सेटमा अनुभवी र लामो समयदेखि कलाकारितामा खारिएका कलाकारहरु जीवन बराल, मौषम राना, तिब्बत राई, सुवास खरेल, बलु राई, सुवास खरेलको अभियन देख्न पाइने छ ।
आस्था कलेज दमकका लेक्चरर राजेन्द्र अधिकारी, सामाजिक राजनीतिक अभियनता सन्तोष दुलाल, साहित्यकार सुमन लिङ्देनले यस पटक आफूलाई मञ्चमा उतार्दै छन् ।

कदमका पूर्णकालिन कलाकारहरु मनिक शंकर, सुजन भण्डारी र नवीन रिजाललाई पनि १२ दुर्वासामा देख्न पाइने छ ।

दमक ९ स्थित कदम थिएर पूर्व पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणमा अवस्थित छ । दमक चोकबाट दक्षिणतर्फका सबै मुख्य बाटाहरु प्रयोग गरेर कदम चोक हुँदै थिएटरसम्म पुग्न सकिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु