adv

थपिए ४८७ जना संक्रमित, एकको मृत्यु

८ भदौ, दमक ।

बुधबार देशभर थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित एक जनाको मृत्यु भएको छ ।

पीसीआर र एन्टिजेन गरी ४ हजार १ सय ७७ जनाको नमूना परीक्षण गर्दा ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा थप १ सय ६४ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच बुधबार थप ३९ हजार ४ सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु