adv

सञ्चालनमा आयो शुभकामना ज्वेलरी

भदौ १०, दमक ।


झापाको दमक ६ मुख्य बजारमा शुभकामना ज्वेलरी सञ्चालनमा आएको छ ।

सामाजिक अगुवा एवम् युवा ब्यवसायी चन्द्र गजमेर र रेनुका थापाको लगानीमा ज्वेलरीको बिहीबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।

दमक ६ स्थित शंखधर साख्वा चोक नजिक पुरानो सब्जी लाइनमा सुनचाँदी सम्वन्धि कारोबारको थोक तथा खुद्रा ज्वेलरीको आरम्भ भएको व्यवसायी गजमेरले जानकारी दिए ।

दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र सुनचाँदी ब्यवसायी संघ दमकका अध्यक्ष काँशी खातीले संयुक्त रूपमा रिबन काटेर ज्वेलरी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै वाणिज्य संघ दमकका अध्यक्ष श्रेष्ठले व्यवासायिक मापदण्डमा रहेर ग्राहकको मनोभावना अनुसार दिगो र विश्वसनीय सेवा दिनु पर्नेमा जोड दिए ।

सुन चाँदी ब्यवसायी संघका अध्यक्ष खातीले पसलको रुपमा सुरु भएको ज्वेलरी भविष्यमा उदोगको रुपमा बिकास होस् भनी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा दमक नगरपालिकाका कार्यपालिका सदस्य शेरबहादुर गजमेर, सुनचाँदी ब्यवसायी संघ दमकका सल्लाहकार दुर्योधन ल्वागुनलगायतले शुभकामना दिए ।

सुनचाँदी ब्यवसायी संघ दमकका सचिव समेत रहेका गजमेर र थापाको लगानीमा मौलिक गरगहना र आधुनिक गरगहना खरिद बिक्री गरिने शुभकामना ज्वेलरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु