१० भदौ, विराटनगर ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दिनभित्रै गठबन्धन दलका बीचमा सिट बाँडफाँड हुने दावी गरेका छन् ।
पार्टीको प्रदेश नम्बर १ कमिटी बैठकमा सहभागी हुन आज शुक्रबार बिराटनगर आएका अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र सिट बाँडफाँड बारे समस्या छ भनेर बाहिर चलाइएको हल्लामा सत्यता नरहेको जिकिर गरे ।
उनले भने –‘बाहिर चर्चा भए जस्तो एकदमै धेरै समस्या छैन । हामी निरन्ँतर छलफलमा छौं । कार्यदलले काम गरिरहेको छ । भदौ १५ भित्रमा यो काम लगभग टुङ्गो लाग्छ ।’

