adv

शेयर सदस्य सचेत भए मात्र सहकारी सफल : प्रमुख थापा

११ भदौं, दमक ।


शेयर सदस्यहरु सचेत भए मात्र सहकारी संस्था सफल हुने दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले बताएका छन् ।

शनिबार डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था (डाँफे साकोस)को प्रन्धौं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजानिक गर्दै नगर प्रमुख थापाले संस्थाका शेयर सदस्यहरु निस्कृय भए सहकारी असफल हुने जिकिर गरेका हुन् ।

डाँफे साकोसले शनिबार दमकमा गरेको साधारण सभाकोे प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै थापाले नगरपालिकाको मातहममा रहेका सहकारी संस्थाका अध्यक्ष र प्रमुखहरुसँग सामूहिक रूपमा सहकारी संस्थाका अवसर र चुनौति बारे छलफल गरिने बताए ।

आउदो भदौं २० गते दमकमा हुने साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै डाँफेका अध्यक्ष तुलाराम न्यौपानेले शेयर सदस्यहरुले भविष्यका लागि मासिक बचत पहिलो शर्त भएको दावी गरे ।

बुढेसकालमा सम्पत्ति नभए समस्या हुने भन्दै उनले फजुल खर्च कटाएर बचत गर्ने बानीको विकास गर्न सुझाव दिए । नियमनकारी निकायको फितलो अनुगमनका कारण सहकारी संस्था डुब्ने गरेको भन्दै न्यौपानेले संस्था दर्ता गर्दा नै ध्यान दिन सके समस्या न्यूनीकरणमा मद्दत पुग्ने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार विजय बराल, लेखा समिति संयोजक हेमचन्द्र खनाल, उपाध्यक्ष सन्तोष श्रेष्ठ र कोषध्यक्ष निर्मला गजुरेलले संस्थाका गतिविधि बारे बोलेका थिए ।

डाँफे साकोसले हरेक वर्ष भदौ २० गते साधारणसभा गर्दै आएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु