१३ भदौ, दमक ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा (संघीय संसद्) र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख १५ हजार जना म्यादी प्रहरीको लागि भर्ना खोल्दैछ ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयबाट आगामी निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न स्वीकृति प्राप्त भएको हो । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलले दिएको जानकारी अनुसार सो संख्यामा भर्ना गर्न अर्थले बजेट छुट्याइसकेको छ ।
म्यादी प्रहरीका लागि कम्तिमा ४० दिनको लागि भर्ना खुल्नेछ ।
यसअघि वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको लागि १ लाख म्यादी प्रहरी भर्ना लिएको थियो ।


