adv

स्वर्णलक्ष्मी साकोसको १३औं साधारणसभा सुरु

१३ भदौं, दमक ।


स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था (स्वर्णलक्ष्मी साकोस) दमकको १३औं वार्षिक साधारण सभा सोमबारबाट सुरु भएको छ ।

दमक ६ स्थित प्रधान कार्यालयबाट इकाईगत रूपमा १३औं साधारण सभा सुरु भएको हो । संस्थाको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष बासुदेव काफ्लेले दिप प्रज्वलन गरी शुभारम्भ गरे ।

स्वर्णलक्ष्मी साकोस अध्यक्ष रवि न्यौपाने खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफलेले सहकारी संस्थामा सबैको सहकार्य भए मात्र सहकारी सफल हुनेमा जोड दिए ।

अस्वस्थ प्रतिस्पर्धाले सहकारी अभियान नै धरासायी हुने भन्दै सहकारी प्रवद्र्धनको लागि शेयर सदस्यहरु चनाखो भएर खबरदारी गर्नु पर्ने काफलेको भनाइ थियो ।

अध्यक्ष खत्रीले ७ वटा इकाईमा १८ गते सम्म इकाइगत साधारण सभा हुने जानकारी दिए । उनले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ सञ्चालक समिति चयन हुने निर्वाचन वर्षको साधारण सभा भएकाले सक्षम नेतृत्व छनौट गर्न शेयर सदस्यहरुलाई आग्रह गरेका थिए ।

स्वर्णलक्ष्मी साकोसका लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दमकको इकाई १ र २, झिलझिले, सुरुङ्गा, गौरादह र मोरङको उर्लावारी इकाईमा इकाईगत साधारण सभा भदौं १६ गतेसम्म सम्पन्न र गरिने र सबै साधारण सभाहरुको निर्णय एकीकरण, प्रमाणीकरण, निर्वाचन तथा साधारण सभा समापन १८ गते दमकमा सम्पन्न हुने व्यवस्थापक कमल घिमिरेले बताए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु