adv

पत्रकार महासंघको उपचार कोषमा बिर्ता आयुर्वेदको १५५५५ सहयोग

बिर्तामोड,१४ भदौ । बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेको छ ।

बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी) की सञ्चालक नर्बदा भट्टराईले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरिन् ।

बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सवको अवसरमा मंगलबार उक्त रकम प्रदान गरिएको हो । उक्त अवसरमा अभियान नेपलका लागि विष््णु आचार्यलाई रु.३५५५ र परोपकार बृद्धाश्रमलाई रु. ३५५५ पनि सहयोग प्रदान गरियो ।

बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले गरेका थिए । सञ्चालक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार तथा पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कविराज कमल रिजालले बिर्ता आयुर्वेदको सेवा बारे जानकारी गराएका थिए । कर्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

महासंघका अध्यक्ष गिरीले वार्षिकोत्सवको शुभकामनासहित कोषमा सहयोग गरेकोमा बिर्ता आयुर्वेद परिवारप्रति धन्यवाद ज्ञापन गरे । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु