adv

निर्वाचन मुलुक बचाउने र टुक्र्याउने बीचको फैसला होे : ओली

१८ भदौ, दमक ।


यस पटकको निर्वाचन मुलुक बचाउने र मुलुक टुक्र्याउनेका बीचको फैसला भएको नेकपा एमालेका अध्यक्ष कोपी शर्मा ओलीले बताएका छन् ।

दुई दिनयता गृहजिल्ला झापाका विभिन्न राजनीतिक भेटघाट र कार्यक्रमहरुमा सहभागी एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनले देश टुक्र्याउने नीति अघि बढाएको भन्दै एमाले मुलुक बचाउने अभियानमा रहेको जिकिर गरेका हुन् ।

उनले भने –‘देश सग्लो राख्ने र बताउने हो भने एमालेले जित्नुको विकल्प छैन । एमालेलाई जिताउन सूर्यमा भोट दिनुपर्छ ।’

शुक्रबार झापाको कमलस्थित राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको बृहत् युवा भेलालाई सम्वोधन गर्दै ओलीले मंसिर ४ गतेको निर्वाचनमा एमालेले हार्यो भने मुलुकले हार्ने बताए । उनले युवा पुस्ताले देश बचाउनुपर्ने भन्दै एमाले जिताउने अभिायनमा जुट्न आग्रह गरे ।

टोल–टोलमा युवा संघ र घर–घरमा सदस्य अभियान शुरु गर्न निर्देशन दिँदै ओलीले असंगठित युवाहरुलाई शालिन, भद्र र जिम्मेवार भएर संगठनमा संगठित गर्न सुझाव दिएका थिए ।

बिहीबारदेखि आफ्नै निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ताहरुसँग छलफल गरिरहेका ओलीले चुनावमा टिकट पाउने कुरामा लोकप्रियता, नागरिकको माग र पालो आदि सबै कुरालाई ध्यान दिइने बाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कार्यकतामाझ भनेका छन् –‘कथमकदाचित अहिले नाम परेन भनेर निरास हुनुभएन, धैर्य गर्नुपर्यो ।’

पार्टीगत बाहेकका व्यक्तिगत असन्तुष्टिले स्वयम् व्यक्तिलाई नै पाखा लगाउने भन्दै घुमाउरो पाराले ओलीले टिकटका आकांक्षी नेता कार्यकर्तालाई चेतावनी दिएका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु