adv

चुनाव लड्दै मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता झा

१८ भदौ, दमक ।

मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले पद छाडेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य (संघीय संसद्) र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्नका लागि न्यायाधीवक्ता झाले आज शनिबार मुख्यमन्त्री लालबाबु राउतसमक्ष राजिनामा दिएका हुन् ।

झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेद्वार बन्ने बताइएको छ । उनले जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिने छन् ।

२०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु