adv

किरात याक्थुङ् चुम्लुङ् झापाले भव्यता साथ मनायो स्थापना दिवस (फोटोफिचर)

बिर्तामोड,१८ भदौ । किरात याक्थुङ् चुम्लुङ् झापाले ३४ औं स्थापना दिवस भव्यता साथ मनाएको छ ।

शुक्रवार विर्तामोडको अतिथि सदनमा लोक संस्कृति र बाजा सहित दिवस मनाएको हो । साथै च्याब्रुड्ं सहित निस्केको र्यालीले नगर परिक्रमा गरेको थियो ।

स्थापना दिवसका अवसरमा कियाचु झापा शाखाका पूर्व जिल्ला अध्यक्ष ४ जना र लिम्बु भाषा शिक्षक १ जनालाई सम्मान गरिएको थियो भने ४ जना विद्यार्थीलाई विभिन्न शिर्षकको छात्रवृत्ति प्रदान गरेको थियो।

सम्मानित हुनेहरूमा कियाचु पूर्व जिल्ला अध्यक्ष टेकबहादुर आङ्देम्बे (भरत), टेकबहादुर योङ्हाङ्, भक्त खेवाङ् र पूर्णहाङ् साँबा र दमकसिथत श्री पृथ्वी मा.वि. मा कार्यरत लिम्बु भाषा शिक्षक दिपेन्द्र सेत्लिङ् रहेका छन् ।

त्यस्तै छात्रवृत्ति पाउनेमा श्री खेममाया सिङ्घक लिम्बु स्मृति अक्षयकोषबाट १० हजार श्री काकडभिट्टा मा.वि. मेचीनगर–६, कक्षा ११ मा अध्ययनरत छात्रा फुङ्सा लिम्बु, कियाचु कल्याणकारी सहयोग कोष–२०६२ बाट ८ हजार श्री बालकल्याण मा.वि. मेचीनगर– ५, कक्ष ५ मा अध्ययनरत छात्रा स्नेहा लिम्बु, कियाचु याक्थुङ् सहयोग कोष–२०६२ बाट जनही ५ हजारको दरले श्री पृथ्वी मा.वि. दमक–७, कक्षा १० मा अध्ययनरत छात्रा आरती लिम्बु र श्री मेहन्द्ररत्न मा.वि. विर्तामोड–३, कक्षा ९ मा अध्ययनरत छात्र विवश लिम्बु रहेका छन् ।

कियाचु ३४ औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेन्याङ्वोले लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ्ले समग्र याक्थुङ् लिम्बुहरुलाई एकताको सूत्रमा बाँधेर हरेक कुरामा अगाडि बढाईरहेको कुरा स्मरण गराउँदै आफ्नो पहिचान र अस्तित्वको लडाँईमा एक केस पनि पछि नहट्ने बताए ।साथै प्रदेश न.ं १ को नामकरणको विषयमा लिम्बुवान, किरातको बटम लाइन छोड्नु नहुने कुरामा समेत जोड दिए । उनले यस्तो स्थापना दिवसको अवसर पारेर आयोजना गरिने यस्तो कार्यक्रमले धर्म, संस्कार संस्कृति, भाषा, लिपि, साहित्यको विकासमा महत्वपूर्ण टेवा पुग्ने भएकोले सम्पूर्ण महानुभावहरु आ–आफ्नो क्षेत्रबाट सदैव लागिपर्नुपर्ने समेत आग्रह गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि कियाचु संघीय सल्लाहकार जितबहादुर लावती, कियाचु, कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार धिरेन लावती, कियाचु संघीय सदस्य अमृत योङ्हाङ्, पूर्व केन्द्रीय सदस्य पूर्ण हाङ्सरुम्बा, पूर्व केन्द्रीय सदस्य मानुदिङ् राधा सुब्बा, विर्तामोड नगर पालिका वडा न.ं ६ का वडा अध्यक्ष तथा जिल्ला सल्लाहकार सूर्यप्रसाद कन्दङ्वा, पूर्व जिल्ला अध्यक्ष तथा जिल्ला सल्लाहकार टेकबहादुर आङ्देम्बे (भरत), सल्लाहकार लोकबन्धु कन्दङ्वा, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) झापा अध्यक्ष भूमिका फियाक, गौरादह नगर अध्यक्ष राजकुमार माखिम लगायतको उपस्थिति थियो ।

कियाचु झापा शाखा अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिव प्रेमचन्द्र लिम्बु र कियाचु मेचीनगर सदस्य ओमप्रकाश खापुङ्ले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु