१८ भदौ, दमक ।

झापाको दमकमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्था दमकले आज आफनो वार्षिक साधारण सभा साथै नयाँ सञ्चालक समिति चयन गरेका छन् ।
दमक ६ स्थित प्रधान कार्यालय रहेको स्वर्णलक्ष्मीले १३ औं वार्षिक साधारण सभाको इकाइगत भएका निर्णयहरुको एकीकरण, प्रमाणीकरण र निर्वाचन सम्पन्न गरेको हो ।
त्यस्तै, दमक ५ मा मुख्य कार्यालय रहेको प्रशान्ति महिला सहकारीले पनि दशौं साधारण सभा र निर्वाचन सम्पन्न गरेको छ ।
स्वर्णलक्ष्मीले आज दमकमा आयोजना गरेको १३औं चुनावी साधारण सभाबाट बुद्धिसागर वरालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । सञ्चालक समिति सचिवमा संजीव रिमाल र कोषध्यक्षमा चन्द्रमाया निरौला (जमुना) अधिकारी चयन भएका छन् ।सञ्चालक सदस्यहरुमा प्रेम कुमारी रिजाल, अशोक सुवेदी, दिनेश अधिकारी र राजन श्रेष्ठ सर्वसम्मत चयन भएका निर्वतमान अध्यक्ष रवि केसीले जानकारी दिए ।
लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा गायत्रीप्रसाद अधिकारी, सदस्यहरु गंगा पौडेल र अविचन्द्र प्रसाई चयन भएका बताइएको छ ।
एक वर्षे कार्य मूल्याङ्कनका आधारमा हिरो अफ दि स्वर्णलक्ष्मी पुरस्कारबाट कर्मचारी भगिरथ अधिकारी पुरस्कृत भए भने पूर्व लेखा समिति सदस्य राधिका खतिवडा अधिकारीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जानकारी दिएका छन् ।
संस्थाले उत्कृष्ट कर्मचारी विनोद घिमिरे, मुख्य कार्यालय दमकका कर्मचारी कमल गड्तौला, झिलझिले सेवा केन्द्रका कर्मचारी न्युसन तामाङ, सेवा केन्द्र उर्लाबारीका रुपेश खतिवडा, सुरुङ्गा सेवा केन्द्रका कर्मचारी सुरज घिमिरेलाई पुरस्कृत गरेको छ ।
सहकारी क्षेत्रमा कलम चलाए वापत सप्तरङ्गी एफ.एम.दमकका प्रवन्ध निर्देशक गिरीराज भटराईलाई नगद १० हजार राशी सहित पुरस्कृत गरिएको ब्यवस्थापक कमल घिमिरेले जानकारी दिए ।
प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्था दमकको शनिबार सम्पन्नं चुनावी साधारण सभाबाट सञ्चालक समिति अध्यक्षमा अम्बिका अधिकारी सर्वसम्मत चयन भएकी हुन् ।
साधारण सभाले अम्बिकालाई पुनः दोस्रो पटक सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा उषा सुवेदी, सचिवमा सुभद्रा ढकाल, सहसचिवमा चन्द्रकला पोखरेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भावना निरौला, बिनु थापा, तुलसा अधिकारी पराजुली र मुना सुवेदी सर्वसम्मत चयन भएका हुन् ।
लेखा समितिको संयोजकमा कुसुम कार्की, सदस्यमा गीता अधिकारी निरौला र गायत्री वराल सर्वसम्मत भए ।
प्रशान्तिको उद्घाटन सत्रको कार्यक्रममा उत्कृष्ट बचतकर्ता गिता घिमिरे, कमला फागो , उत्कृष्ट ऋणीतर्फ तुलसा भण्डारी पाण्डे, सुमित्रा खनाल र रेवता घिमिरेलाई प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संंघ झापा उपाध्यक्ष चन्द्रा खड्काले पुरस्कार प्रदान गरेकी थिइन् ।
यसै गरी वाल बचत तर्फ आयस खतिवडा, सौहार्द जंग क्षेत्री र ज्येष्ठ नागरिक तर्फ दिल कुमारी पाख्रिनलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा महिला नेत्री गीता अधिकारी, सहकारी अभियान्ता चुडामणी ओझा लागयतले म ,मेरो परिवार र छिमेकीलाई सहकारी संस्थाको शेयर सदस्य बनाउने अभियान चलाउनु पर्ने सुझाव दिएका थिए ।


