adv

मुख्यमन्त्री राईलाई मातृशोक

२० भदौ, दमक ।


प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी आमा ८४ वर्षीया धनकुमारी राईको (आज) सोमबार बिराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको बिहान १०ः२५ बजे निधन भएको हो । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् ।

पछिल्लो समय स्वासप्रस्वासमा समस्या देखिएपछि सघन उपचार कक्षमा उपचारका क्रममा उनको निधन भएको सचिवालयले प्रेस नोटमार्फत जानकारी दिएको छ ।

राईका श्रीमन नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिलो छोरा ध्यानकुमार राई कान्छा छोरा मुख्यमन्त्री राई छन् भने एक छोरी मालादेवी राई छिन् ।

भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी बस्दै आएकी राईकी ८४ वर्षीया आमा धनकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन अघि उपचारको लागि हेलिकप्टर चार्टर गरेर विराटनगर ल्याइएको थियो ।

सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि सोमबार नै भोजपुर लगिने छ ।

यसअघि प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले फेसबुकमार्फत मृख्यमन्त्री राईलाई मातृशोक परेको बारे सार्वजनिक गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु