adv

महिला राष्ट्रिय फुटबल टोलीको कप्तानमा एन्जिला


बिर्तामोड, २१ भदौ । महिला राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नियुक्त भएकी छन् । उनी टिमको नवौँ कप्तान हुन् ।

इलामकी २६ वर्षीय एन्जिलाले ४ वर्षअघि सन् २०१९ मा भारतमा भएको हिरो कपमा कार्यवहाक कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी थिइन् ।

फाइनलमा म्यानमारविरुद्ध र समूह चरणमा भारतलाई २–१ ले पराजित गर्दा एन्जिला कार्यवहाक कप्तान थिइन् ।

साफ च्याम्पिनसिप सुरु हुनु एक दिनअघि मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तानको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै, अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

साफ च्याम्पियनसिपको प्रशिक्षणका क्रममा नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि उनी राष्ट्रिय टोलीबाट बाहिरिएपछि नयाँ कप्तान नियुक्त गर्नुपरेको हो ।
एन्जिलाले सन् २०१६ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् ।

एन्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाइकी गोलकिपर हुन् । रक्षक अमृता नेपाल पुलिस क्लबकी हुन् ।

नेपालको यु १४ उमेर समूहबाट समेत खेलेकी एन्जिलाले हालसमा राष्ट्रिय टिमबाट ३१ क्याप जितेकी छन् । उनी अझै पनि राष्ट्रिय टिमकी महत्वपूर्ण सदस्य हुन् ।

नेपाली टिमको यसअघि रमा सिंह, कमला हिराचन, मिरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरू थापा र रेणुका नगरकोटेले कप्तान थिए ।

दशरथ रंगशाला नेपालले भुटानसँग खेल्दै मंगलबार यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ । समूह बीमा अर्को टोली श्रीलंका रहेको छ । अर्को समूहमा साविक विजेता भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु