२९ भदौ, दमक ।
विदेशवाट लिएको पुँजी स्वेदशमा लगानी गरेर आय आर्जन गर्दै आत्मनिर्भर हुने उद्देश्यले विदेशबाट फर्किएकाहरु संगठित भएका छन् ।
विदेशबाट फर्किएकाहरुको संस्था रिटर्नी फेडेरेसन नेपाल दमक नगर कमिटीले आयोजना गरेको भेलाले मंगलबार देवेन्द्र खड्काको अध्यक्षतामा रिटर्नीको वडा कमिटी दमक ८ गठन गरेको हो ।
गठित कमिटीको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः टिका गिरी, झगेन्द्र कुमार श्रेष्ठ, सीताराम अधिकारी र कल्पना सुवेदी ढुङना सर्वसम्मत चयन भएका फेडेरेसन झापाका सहसचिव रमेश रिजालले जानकारी दिए ।
समितिका सदस्यहरुमा क्रमशः राम पोखरेल, अम्बिका पोखरेल, पुण्य पाठक, देउ कुमार श्रेष्ठ ,चरण लिम्बू, खड्ग बहादुर कोइराला, मिलन थापा र प्रमिला आचार्य छन् ।
फेडेरेसनका दमक नगर इन्चार्ज खड्ग भण्डारीका अनुसार संस्थागत विकास र विदेशमा सिकेको सीपको उपयोग गर्दै स्थानीयलाई रोजगारको अवसर दिने वातावरण तयार गर्न संगठन विस्तारलाई तीव्रता दिइएको हो ।
रिटर्नीका दमक नगर कोषध्यक्ष खिनमाया खरेलको अध्यक्षतामा सम्पन्न भेलामा संगठनका स्यायी कमिटी सदस्य मदन बोहोरा, केन्द्रीय सल्लाहकार जय ओडारी, केन्द्रीय सदस्य अनु केसी, पशुपति मावि दमक ८ का विधालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम दंगाल, स्थानिय सामाजिक अगुवाहरु होम बहादुर थापा, मदन अधिकारी र नवनिर्वाचित अध्यक्ष देवेन्द्र खड्काले विदेशमा गएर ३५÷४० डिग्रीमा बगाएको पसिना, त्यहाँ सिकेको सीपलाई स्वदेशमा उपयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
रिटर्नीले संगठन विस्तारको क्रममा दमक १०, ५, ९ र ८ सहित ५ वडाहरुमा भेला गरी सकेको दमक नगर अध्यक्ष प्रेम चापागाईले जानकारी दिए ।
रिटर्नी फेडरेशन एमाले निकट संस्था हो ।