adv

बाल दिवसमा कामना सेवा विकास बैंकले गर्यो हाम्रो बाल आश्रमलाई सहयोग

२९ भदौ, दमक ।


कामना सेवा विकास बैंक पाडाजुङी शाखाले राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार दमक २ स्थित हाम्रो बाल आश्रमलाई खाद्यान्न वितरण गरेको छ ।

बैंकका प्रदेश नम्बर १ प्रमुख खिमलाल भुसालको प्रमुख आतिथ्यतामा बैंकले आश्रममा विभिन्न कार्यक्रम गर्नुका साथै त्यहाँका बालबालिकाका लागि स्कूल सुज समेत वितरण गरेको शाखा प्रबन्धक कमला तिम्सिनाले जानकारी दिइन् ।

सो अवसरमा बालबालिकालाई पाठ्य सामग्रीसमेत वितरण गरिएको थियो ।

बैंकले देशैभर बाल दिवसमा विभिन्न कार्यक्रम गरी मनाएको जनाएको छ ।

बुधबार बाल दिवसको अवसरमा देशैभरका विद्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु