३१ भदौ, दमक ।

मोडल बचत तथा ऋण सहकारी संस्था दमकको शुक्रबार सम्पन्न ११औँ साधारण सभाले भोला बरालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभाले बरालको अध्यक्षतामा चयन गरेको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश अधिकारी, सचिवमा दिपक बराल र कोषध्यक्षमा कुशदेवी लामिछाने सर्वसम्मतीले चयन भएका हुन् ।
सदस्यहरूमा क्रमशः लक्ष्मी सापकोटा, विष्णु पौडेल र भुपेश कोइराला ४ वर्षे कार्यकालको लागि रहेका मोडल सहकारीले जनाएको छ ।
संस्थाको साधारण सभाले विश्वेश्वर प्रसाद मिश्रलाई लेखा समिति संयोजक चयन गरेको छ भने लेखा समिति सदस्यहरुमा क्रमशः अम्विका खड्का र बल्लभ बराल चयन भएका छन् ।
साधारण सभाको बन्द सत्रले संस्था सञ्चालन नीति, बचत तथा ऋण नीति ,ऋण सुरक्षा कोष ब्यवस्थापन नीति ,साधारण सभा सञ्चालन र सदस्यता वितरण सम्वन्धि नीति लगायतका १४ नीति छलफलपछि सुझाव सहित पारित गरेको बताइएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा संस्थामा उत्कृष्ट कारोबार गर्ने वीरबहादुर तामाङ, निर्मला राजवंशी, प्रकाश राई, शोभा चौधरी, विरेन्द्र राजवंशी, मञ्जु अग्रवाल र नानीमाया बम्जनलगायत ११ जनालाई पुरस्कृत गरिएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि दमक नगर पालिकाका उपप्रमुख रेगिना भटराई प्रसाईले उनीहरुलाई पुरस्कार प्रदान गरेकी हुन् । कार्यक्रमका बीच संस्थामा करोबार गर्ने जेष्ठ शेयर सदस्यहरू विष्णुकुमारी बराल, विष्ण्ुामाया तामाङ, बालकुमारी लिम्बू र गंगादेवी श्रेष्ठलगायतका १९जनालाई सम्मान गरिएको थियो ।
उपप्रमुख भट्टराईले सहकारी संस्थाको सञ्चालक मात्र सहकारीको विषयमा जानकार भएर नहुने भन्दै शेयर सदस्यहरु पनि सहकारीका विषयमा जानकार हुनु पर्नेमा जोड दिइन् । शेयर सदस्यहरुले सहकारीका सञ्चालकहरूले कसरी सहकारी सञ्चालन गरिरहेका छन् भन्ने कुरा जान्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संघका झापा अध्यक्ष तुलाराम न्यौपानेले सहकारी बुढेसकालको साथी भएको बताउँदै शेयर सदस्यहरुलाई सक्रिय हुन अनुरोध गरे ।
दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र सहकारी अभियान्ता खोम थापालगायतले सहकारीको साधारण सभामा सदस्यहरुले हाजिरी मात्र गरेर हिँड्ने परिपाटी सच्याउनु पर्नेमा जोड दिएका थिए ।

