adv

संसद् अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने

३१ भदौ, दमक ।

फोटो : फाइल ।

सरकारले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने भएकोले संसद् अधिवेशन अन्त्य गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले यसअघि नै असोज २ र ३ मा समानुपातिक उम्मेद्वारको सूची पेश गर्न दलहरूलाई समय दिइसकेको छ ।
प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ मा गर्नुपर्ने कार्यतालिका छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान एमाले संसदीय दलको बैठकमा भोलि (शनिबार) देखि संसद् नरहने भएकोले चुनावका लागि गाउँ–गाउँमा जान सांसदहरूलाई निर्देशन दिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु