६ असोज, दमक ।

लिम्बू कथानक चलचित्र थिमको विशेष प्रदर्शनी हुने भएको छ ।
असोज १५ गते दमक, असोज १६ गते विर्तामोड र असोज १६ गते नै भद्रपुरमा थिम प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बूले जानकारी दिएका हुन् ।
पहिलो शो दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा असोज १५ गते दिउँसो २ बजे हुने बताइएको छ । त्यसैगरी विर्तामोडमा १६ गते दिउँसो १ बजे र भद्रपुरमा साँझ ६ः५० बजे अन्तिम शो प्रदर्शन हुने जनाइएको छ ।
लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार)को अघिल्लो वर्ष चैतमा छायांकन गरिएको थियो । कोरोनाको दोस्रो भेरियन्टका कारण चलचित्र सम्पादनमा ढिलाई भएको निर्देशक खम्बूले जानकारी दिए ।
पाँचथर र ताप्लेजुङका विभिन्न रमणीयस्थलहरुमा छायांकन गरिएको चलचित्र याक्थुङ् फिल्मस् प्रा.लि.ले निर्माण गरेको हो ।
चलचित्र निर्माणमा निर्देशक खम्बू, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबी खुदाङ र भोजराज साँबालगायतको लगानी रहेको बताइएको छ ।
सागर केरुङको लेखन रहेको यो थिमको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् ।

