adv

शारीरिक सुगठनतर्फ दमकका राईले ९ औँ राष्ट्रिय खेलकुद खेल्दै

६ असोज, दमक ।


आगामी असोज अन्तिम सातादेखि गण्डकी प्रदेशको पोखरामा हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठानतर्फ ६० केजी तौल समूहमा दमकका सन्देश राई छनौट भएका छन् ।

दमक ७ का राईले ६० केजी तौल समूहबाट शारीरिक सुगठनतर्फ प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्न लागेका हुन् । बिहीबार विर्तामोडको अतिथि सदनमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा राई प्रदेशबाट प्रथम भएका हुन् ।

उनले राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै पोखरा जान पाएकोमा खुशी लागेको बताए ।

हरप्रहर न्यूजसँगको संक्षिप्त कुराकानीमा राईले भने –‘दुई वर्षदेखि लगातार गरेको मेहनत र प्रशिक्षकहरुको कुशल प्रशिक्षणले नेश्नल गेममा भाग दिन पाएको छु । प्रदेश १ र दमकको नाम राख्न सक्दो राम्रो खेल्नेछु ।’

प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा र तेह्रथुमबाट महिला र पुरुष गरी विभिन्न ७ वटा तौल समूह र फिजिक्समा गरी ३९ जनाले ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथि गरी ७ वटा विधामा प्रतिसपर्धा गरेका थिए ।

ती मध्ये शारीरिक सुगठनतर्फ ७ र पुरुष स्पोर्टस फिजिक्सतर्फ २ जना र महिला मोडल फिजिक्सतर्फ २ जना गरी ११ जनाले प्रदेश १ बाट राष्ट्रिय खेलकुदमा सहभागिता सुनिश्चित गरेका प्रदेश १ राष्ट्रिय शारीरिक सुगठन खेल छनौट प्रतियोगिताका संयोजक रनबहादुर थेबेले जानकारी दिए ।

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३६ खेल मध्ये शारीरिक सुगठनसमेत रहेको छ ।

Advertise Expired !

One thought on “शारीरिक सुगठनतर्फ दमकका राईले ९ औँ राष्ट्रिय खेलकुद खेल्दै

Leave a Reply

सम्बन्धित शीर्षकहरु