adv

खोला सौन्दर्यकरणमा दमक नगरपालिकाले नेतृत्व गर्ने

७ असोज, दमक ।


दमक नगरभित्रका खोलानालालाई व्यवस्थित र सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलको रूपमा विकास गर्न दमक नगरपलिकाले नेतृत्व गर्ने भएको छ ।

खोला व्यवस्थापन तथा सौन्दर्यकरण अभियान दमकको शुक्रबार सम्पन्न बृहत् भेलालाई सम्बोधन गर्दै नगरप्रमुख रामकुमार थापाले खोलाको व्यवस्थापन र सौन्दर्यकरणका लागि नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले मरुभूमिका देशहरुमा पनि सही योजना र विविधताभित्रको एकत्वले विकास निर्माणमा फड्को मारेको भन्दै दमकको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् ।

भेलामा अभियानबारे जानकारी गराउँदै खोला व्यवस्थापन तथा सौन्दर्यकरण अभियानका अभियन्ता गगन पुरीले पाइलट प्रोजेक्टको रूपमा यो अभियानलाई नगरपालिकाले अघि बढाएको खण्डमा दमकलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने विचार व्यक्त गरे ।

भेलामा प्राविधिक उमेश धिमालले खोला सौन्दर्यकरण गर्न आवश्यक अनुमानित बजेट र डीपीआर तयार गर्न आवश्यक उपकरण र संरचनाको मार्गचित्रबारे स्पष्ट पारेका थिए ।

दमक नगरपालिकाका वडा अध्यक्षहरुको तर्फबाट दमक वडा नम्बर ९ का अध्यक्ष कुवेर भट्टराईले योजना दमकको हितमा भएकाले आफ्नो साथ र सहयोग रहने बताए ।

मूल समिति गठन

दमक आसपासका खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियान दमकको बृहत् भेलाले २९ सदस्यीय व्यवस्थापन मूल समिति र विभिन्न उपसमिति गठन गरेको छ । गठित मूल समितिको अध्यक्षमा रवि बस्नेत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षहरु चन्दा खड्का, भरत चौंलागाईं र युवराज धिमाल रहेका छन् । सचिव नेत्र चौंलागाईं, सहसचिव विष्णु पोखरेल र रमा लिम्बू, कोषाध्यक्ष विन्दु सिटौला र सहकोषाध्यक्ष चेतना निरौला चयन भएका छन् ।

सदस्यहरुमा क्रमशः गणेश गौतम, रोशन भण्डारी, विष्णु पराजुली, भेषराज भट्टराई, चन्द्र खत्री, श्रृजन दाहाल, डम्बर बोहोरा, श्याम कुमाल, नविन योगी, याम नोरेङ्गे, सुनु धिमाल, कमल कटुवाल, प्रकाश लिम्बू, छविलाल लिम्बू, डिकबहादुर कार्की, नारायण दाहाल, राजु खड्का, मिरा संग्रौला र ज्ञानकुमारी बुढाथोकी रहेका छन् ।

सल्लाहकार समितिमा लोकबहादुर धिमाल, सोमराज तामाङ र बेदु गौतम रहेका छन् भने संरक्षक समितिमा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, र अभियन्ता गगन पुरी रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु