adv

सेना र प्रहरीसहितको निगरानी संयन्त्र निर्माण गर्ने निर्णयबाट आयोग पछि हट्यो

३० असोज, दमक ।


निर्वाचनको समयमा सञ्चारमाध्यमको अनुगमन र निगरानी गर्न नेपाली सेना र नेपाल प्रहरीसहितको संयन्त्र निर्माण गर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ ।

‘प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ ल्याएर आयोगले सेना र प्रहरीको संलग्नतामा निर्वाचन मिडिया अनुमगन संयन्त्र बनाउने निर्णय गरेको थियो ।

सञ्चारमाध्यमहरुको अनुगमन र निगरानीका लागि सेना र प्रहरीसहितको संयन्त्र निर्माण गर्ने आयोगको निर्णयको चौतर्फी विरोध भएको थियो ।

आयोगको सो निर्णयको अर्धन्यायिक सरकारी निकाय प्रेस काउन्सिले नै विरोध गरेको थियो भने नेपाल पत्रकार महासंघसहित सञ्चार सम्बद्ध संघसंस्थाहरु र सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले व्यापक विरोध गरेका थिए ।

आयोगको शुक्रबार बसेको बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरूप भए–नभएकोबारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ ।

‘संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता (धारा १७ (क)) तथा आमसञ्चार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यतासमेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री निर्वाचन र पत्रकार आचारसंहिता २०७९ र पत्रकार आचार संहिता, २०७३ अनुरूप भए/नभएको अनुगमन गर्न काउन्सिललाई लेखी पठाउने’ भनी आयोजको निर्णयमा उल्लेख छ  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु