adv

धनकुटाको विकासको लागि मेरो उम्मेद्वारी : नेता चेम्जोङ

१ कार्तिक, दमक ।

चुनावी अभियानमा मतदातासँग मत माग्दै जसपा नेता रकम चेम्जोङ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रभावशाली नेता रकम चेम्जोङले धनकुटाको विकासका लागि नै आफूले प्रदेश सभामा उम्मेद्वारी दिएको दावी गरेका छन् ।

यतिबेला मतदातामाझ चुनावी अभियानमा सक्रिय रहेका नेता चेम्जोङले हरप्रहर न्यूजसँगको कुराकानीमा भने –‘प्रदेशहरु बलियो हुँदा मात्रै संघीयता बलियो हुने हो । त्यसैले मैले धनकुटाको विकासका लागि प्रदेश सभामा उम्मेद्वारी दिएको हुँ । किनभने प्रदेशलाई बलियो बनाउन जिल्लाहरुमा विकासको लहर पुग्नै पर्दछ ।’

मतदाता जनतामाझ उम्मेद्वारका रूपमा १० वर्षपछि पुग्दा पहिले भन्दा बढी आत्मियता, विश्वास र माया पाएको उनको भनाइ छ ।
सम्वादका क्रममा चेम्जोङले भने –‘चौबिसेबाट थालिएको चुनावी अभियानका क्रममा निरन्तर भेटघाटमा छु । आम जनताको साथ र हौसला प्राप्त भइरहेको छ । धनकुटाको विकासका लागि मैले बिगतमा पनि काम गरेको छु, त्यो कुरा यहाँका जनतालाई थाहा छ । फेरि पनि धनकुटाका जनता र मेरो साझा चाहना र उद्देश्य छ, त्यो भनेको धनुकुटाको विकास नै हो ।’

उनले धनकुटाको विकासका लागि जनताले छाता चिन्हमा मतदान गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् ।

आफू निरन्तर जनतासँगै घरदैलो कार्यक्रम रहेको र मतदाताहरुको जसपाप्रतिको आकार्षण बढेको पाएको नेता चेम्जोङले दावी गरे । बिहीबारदेखि धनकुटा नगरपालिका क्षेत्रमा चुनावी भेटघाटमा केन्द्रित हुने उनको भनाइ छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनले जसपाबाट धनकुटा जिल्लाको प्रदेश सभा (क)बाट उम्मेद्वारी दिएका छन् ।

चेम्जोङसँगै सत्ता गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष अर्जुन राई र एमालेका तर्फबाट निरनकुमार राई चुनावी स्पर्धामा छन् । त्यसैगरी लिम्बुवान, जनमुक्ति, मंगोललगायत दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारहरु पनि मैदानमा छन् ।

पूर्व शान्ति मन्त्री समेत रहिसकेका चेम्जोङले मन्त्री भएको बेला द्वन्द्वपछिको पुनर्निमाण कार्यमा धनकुटाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनलाई धुनकुटेली जनताले विकासकर्मी नेताका रूपमा चिन्ने गरेका छन् ।

उनको पालामा धनकुटा जिल्लामा २ सय भन्दा बढी भौतिक निर्माणका कार्य सम्पन्न भएको जसपा प्रदेश १ समितिका सदस्य उपेन्द्र लावती बताउँछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु