१ कर्तिक, दमक ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सरकारले ३ लाख संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
गृहमन्त्रालयले दिएको जानकारी अनुसार सरकारले निर्वाचनको १ महिना अघिदेखि निर्वाचन केन्द्रहरुको सुरक्षार्थ ३ लाख संख्यामा सुरक्षाकर्मी परिचालित हुने छन् ।
जसअनुसार सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई गरी ४ वटै सुरक्षा संयन्त्र परिचालन गरेको छ । त्यस्तै सरकारले निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीसमेत भर्ती गरेर परिचालन गर्ने तयारी गरेको छ ।
केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सरकारले ४ वटै सुरक्षा अङ्गलाई निर्वचन सुरक्षार्थ खटाउने तयारी गरेको हो ।
गृहमन्त्रालयका अनुसार मंसिर ४ मा हुने निर्वाचनको लागि नेपाली सेनाबाट ७१ हजार, नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३, सशस्त्र
प्रहरीबाट ३५ हजार, म्यादी प्रहरी १ लाख १५ हजार र बाँकी राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ ।
सरकारले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा २ लाख ६५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

