adv

एमाले अध्यक्ष ओली अस्वस्थ

पत्रकार सम्मेलनमा सहभागी भएनन्

१ कार्तिक, दमक ।

एमाले अध्यक्ष केपी शर्मा ओली । फोटो फाइल ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ बनेका छन् ।

मंगलबार दिउँसो चुनावी अभियानमा सहभागी हुन गृह जिल्ला झापा आइपुगेका अध्यक्ष ओलीलाई अचानक स्वास्थ्यमा समस्या देखिएको हो ।

झापाको दमकमा मंगलबार साँझ पत्रकार सम्मेलन आयोजना गरेका ओली सो कार्यक्रममा सहभागी भएनन् ।

ओलीलाई सामान्य स्वास्थ्य समास्या देखिएका कारण उनी पत्रकार सम्मेलनमा सहभागी हुन नसकेको उनका प्रेस संयोजक चेतना अधिकारीले जानकारी दिए ।

उनले भने –‘काठमाडौंबाट झापा आइपुग्दासम्म उहाँको स्वास्थ्य ठीक थियो । अचानक झापा आएपछि सामान्य समस्या देखिएकाले आराम गर्नुभएको हो ।’

प्रेस चौतारी नेपाल झापा जिल्ला समितिको आयोजनामा डाकिएको पत्रकार सम्मेलनमा एमालेका केन्द्र, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्मका अगुवा कार्यकर्ता पत्रकार सम्मेलनस्थलमा उपस्थित थिए ।

दमक ५ स्थित थकाली किचनमा आयोजित पत्रकार सम्मेलनमा ओली आउन नसकेपछि झापा क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश सभा (क) का उम्मेद्वार एवम् एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पार्टीको तर्फबाट चुनावी धारणा सार्वजनिक गरेका थिए ।

कार्यक्रममा झापा ५ (ख)का उम्मेद्वार होमबहादुर थापा र क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक एवम् एमाले पालिटब्यूरो सदस्य देबेन्द्र दाहालले चुनावी अभियानका बारेमा प्रकास पारेका थिए ।

एमालेले देशको भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई अघि सारेर उनको नेतृत्वमा निर्वाचनमा सहभागी हुँदैछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु