adv

सत्ता गठबन्धन भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : ओली

‘अबको मिसन मिसन १५०’

३ कार्तिक, दमक ।


निर्वाचनको मिति नजिकिँदै र राजनीतिक सरगर्मी बढ्दै गएका बेला केही दिनदेखि सत्ता गठबन्धन बारे मौनप्रय रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार भने सत्ता गठबन्धन बारे खुलेरै आलोचना गरेका छन् ।

बुधबार आफ्नो निर्वाच्न क्षेत्र झापा ५ को दमकमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन र सरकारलाई ‘भ्रष्टाचारमा चुर्लुम्म डुबेको’ भन्दै आरोपित गरे । उनले भने –‘भ्रष्टाचार गरेको हिसाब किताब दिन तयार छु ।’

निर्वाचनको कार्यक्रम अघि बढेको र संसद्को कार्यावधि समेत समाप्त भई कामचलाउको हैसियतमा पुगेको देउवा सरकार बारे थप टिप्प्णी गर्दै ओलीले ‘म्यादी सरकार’ को संज्ञा दिए । उनले भने –‘यो सरकारको आयु कमिला, लामखुट्टेभन्दा पनि छोटो छ ।’

मंसिर ४ मा हुने निर्वाचनबाट यदि जनताले सत्ता गठबन्धनका दललाई नै जिताए मुलुकको दुर्भाग्य सुरु हुने भन्दै ओलीले भने –‘निर्वाचनले विकासको अभियान अघि बढाउने कि नबढाउने, सुशासन ल्याउने कि नल्याउने भन्ने प्रश्नको जवाफ दिनु पर्नेछ ।’

यसअघि मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्वस्थताका कारण सहभागी नभएका उनले बुधबारको भेलामा भने लामै वक्तव्य दिएका थिए ।

कार्यकर्तामाझ निर्देशन दिँदै ओलीले ठोकुवा गरे –‘हामी प्रत्यक्षमा एक्लै १ सय जिट जित्छौं । प्रत्यक्षमा पनि ५० कमसेकम ५० सिट पक्का । त्यसैले अब एमालेको मिसन ‘मिसन १५०’ हो ।’

गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसलाई ९० सिट भन्दा पनि तल नै खुम्च्याउने दावी गर्दै ओलीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी नबन्ने ठोकुवा गरे ।

उनले माधव नेपाल नेतृत्वको नेकपा (एस)लाई ‘सिमलीको डाँक्लाको छेस्को’ सँग तुलना गर्दै एमालेसँग टक्कर गरेकाले अब राष्ट्रिय पार्टी बन्न नदिने दावी गरेका हुन् ।

एमाले एक्लैले बहुमतको सरकार बनाउने दावी गर्दै ओलीले आफ्नो दलसँग चुनावी तालमेल गरेका जसपा र राप्रपाले भने राष्ट्रिय पार्टीको हैसियत कायम गर्ने जिकिर गरे ।

  • ‘राप्रपालाई जसरी पनि चुनाव जिताउनु’

चुनावी तालमेल गरेको दल राप्रपाका उम्मेद्वारलाई जसरी पनि झापामा चुनाव जिताउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीका अगुवा कार्यकर्ता भेलामा निर्देशन दिँदै ओलीले भने –‘झापा निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, प्रदेश सभा निर्वाचन क्षेत्र झापा १ (ख) मा उम्मेदवार रहेका सविना कट्टेल बजगाई र प्रदेश सभा निर्वाचन क्षेत्र ४ (ख) का उम्मेद्वार भक्ति सिटौलालाई एमालेले मत हालेर जिताउने सहमति भएको छ । एमालेले यो कुरा भूल्दैन । मत हाल्छ ।’

राप्रपाका ३ जना उम्मेदवारलाई जिताएर साँसद बनाउने दावी गर्दै ओलीले ती वाहेकका झापाका ५ वटै निर्वाचन क्षेत्रमा एमालेबाट उम्मेद्वार बनेका एक दर्जन उम्मेद्वारलाई सूर्य चिन्हमा मतदान गरी निर्वाचित गराउनसमेत कार्यकर्तालाई निर्देश गरे ।

प्रतिनिधि सभा निर्वाचन परिचालन मुल समितिका संयोजक देवेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य लक्ष्मी प्रसाद संग्रौलाले मुलुकलाई संकटबाट बचाउन ताममेल गरेको बताएका थिए ।

कार्यक्रममा एमालेको तर्फवाट झापा निर्वाचन क्षेत्र नम्बर ५ (क) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार हिक्मत कार्की र प्रदेश (ख) का प्रदेश सभा सदस्य पदका होम बहादुर थापाले मुलुकको समृद्धि र विकासका लागि एमालेलाई विजय गराउन आग्रह गर्दै सूर्य चिन्हमा मतदान गर्न अनुरोध गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु