adv

सगरमाथा आविमा श्रेष्ठ

११ कार्तिक, दमक ।


झापाको दमक १० सेतुमारीस्थित सगरमाथा आधारभूत बिद्यालयको व्यव्स्थापन समिति अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन भएका छन् ।

गत भदौ ६ गते सम्पन्न भेलाबाट व्यवस्थापन समितिका लागि ६ जना सदस्य सर्वसम्मत चयन भएका थिए । उनीहरुमध्येबाट शुक्रबार श्रेष्ठलाई अध्यक्षमा सर्वसम्म्त चयन गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक हेमराज ढकालले दिएको जानकारी अनुसार शुक्रबार समितिलाई पूर्णता दिइएको हो ।

समितिका सदस्यहरुमा नेत्रप्रसाद न्यौपाने, दिनेश धिमाल, रन्जु देवान, शर्मीला धिमाल, किरण किस्कु छन् ।

त्यस्तै अन्य २ जना पदेन सदस्यहरुमा वडा प्रतिनिधि भूमिका आचार्य र शिक्षक प्रतिनिधि भिमप्रसाद दाहाल रहेका छन् भने प्रअ ढकाल समितिको सदस्य सचिवमा स्वतः चयन हुने प्रावधान अनुसार ९ सदस्यीय विव्यस चयन गरिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु