११ कार्तिक, दमक ।
नेवार समुदायका विभिन्न ४ वटा संस्थाहरुले बुधबार झापाको दमकमा नेपाल सम्वत् ११४३ आरम्भको दिन संयुक्त भिन्तुनासहितका विविध कार्यक्रम गरेको छन् ।
नेपाल संवत् ११४३ प्रारम्भको दिन नेवा ःदेय दवु दमक, झिँगु समाज, सुर्यीद्धय नेवा पुँच र नेवा खल दमकले संयुक्त कार्यक्रम गरेका हुन् ।
दमक ६ स्थित शंखधर साख्वा शालिक परिसरमा भएको कार्यक्रममा साख्वाको शालिकमा माल्यार्पण, पूजाआजा र शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको नेवा देय: दबु दमक नगर अध्यक्ष एवम् कार्यक्रम संयोजक राम प्रधानले जानकारी दिए ।
कार्यक्रममा सहभागी जातीय भेषभुषामा सजिएका नेवार समुदाय र गैर नेवार समुदायका मासिनहरुबीच भेटघाट, शुभकामना आदान–प्रदान र नेवारी परिकारका खानेकुरा खुवाइएको लक्ष्मी श्रेष्ठले बताइन् ।
परापूर्वकालमा गरीब जनताहरुको ऋण मोचन गरिदिएको दिएर शंखधर साख्वाले सोही दिनबाट नेपाल सम्बत्को सुरुवात गराएका थिए । उनको स्मृतिमा भिन्तुना कार्यक्रम हुने गर्दछ ।
बिगत वर्ष झै यस वर्षमा पनि नेपाल सम्वत आरम्भको दिन न्हुँ अर्थ अर्थात नयाँ ,दँया अर्थात वर्षको, भिन्तुना अर्थात शुभकामना (नयाँ वर्षको शुभकामना) न्हँु दँया भिन्तुना कार्यक्रम गरिएको हो ।
वर्ष भरि गरिएका खराब कामको पाप कटाउन नेवार समुदायहरुले यसै दिन साँझ नेवारी विधि अनुसार आफूले आफनै शरीरको पूजा अर्थात म्हः पूजा गर्दछन् ।