adv

श्रेष्ठलाई छुरा प्रहार गरी मारेको आरोपमा ७ जना पक्राउ

१५ कार्तिक, उर्लाबारी ।


झापाको दमक १० स्थित आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सोमबार ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले घटनाको १२ घण्टा नबित्दै हत्याका आरोपीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

आरोपी ७ जना नै १५ वर्षदेखि १७ वर्ष उमेर समूहका रहेका ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलनजंग थापाले जानकारी दिए । उनीहरु उर्लाबारी ६ स्थित विभिन्न टोलका बालकहरु रहेको बताइएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न गएका श्रेष्ठामाथि आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भिर घाईते उनको उर्लाबारीस्थित गोदावरी अस्पतालमा उपचार गरिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई झापाको विएण्ड्सी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा सोमबार विहान करिव ४ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको थियो ।

श्रेष्ठलाई पुरानो रिसीवी साँध्न छुरा प्रहार गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु