adv

प्रचण्डलाई जुत्ता !

२३ कार्तिक, काठमाडौं ।


चुनावी प्रचारका क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुत्ता प्रहारको सामना गर्नु परेको छ ।

मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित चुनावी कार्यक्रमपछि हेलिकप्टर चढ्न लागेका प्रचण्डलाई एक युवाले जुत्ता प्रहार गरेका हुन् ।

कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदैगर्दा प्रचण्डमाथि जुत्ता प्रहार भएको बताइएको छ ।

तर, स्थानीय प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा तत्काल रोक्न सफल भएको दाबी गरेको छ ।

जुत्ता प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अवलचिंगस्थित प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतको भनाइ छ । उनको परिचय खुलाइएको छैन ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु