२६ कार्तिक, दमक ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का झापा क्षेत्र नम्बर ५ प्रदेश सभा (२) का उम्मेद्वार सुदिप राईले युवा पुस्तामाझ आफ्नो उम्मेद्वारी सशक्त बन्दैगएकोदावी गरेका छन् ।
कार्तिक १७ गतेदेखि थालिएको औपचारिक चुनाव अभियानअन्तर्गतशुक्रबारसम्म कमल गाउँपालिकाको ५, ६ र ७ नम्बर वडाहरुमा घरदैलो सम्पन्नभएको हो ।
स्थानीय र युवा उम्मेद्वारका रूपमा आफ्नो उम्मेद्वारीलाई पहिलो पटक मतदान गर्नलागेका पुस्ताले अधिक रुचाएको उनको दावी छ । ‘चुनावी अभियानमाभेटिनुभएका युवा साथीहरुमा एउटा हुट हुटी पाएको छु, त्यो के भने अब युवाकासमस्या बुझ्ने र समाधान गर्ने प्रतिनिधि पनि युवा नै चाहिन्छ‘, राईले भने ।
शनिबारबाट दमकका विभिन्न १० वडामा घरदैलो कार्यक्रम सुरु गरिने भन्दै उनलेभने -‘हाम्रो अभियान जनतालाई भए नभएको आश्वासन बाँढ्ने भन्दा पनिराजनीतिको वास्तविक समस्या बुझाउने र समाधानका लागि मत अपील गर्ने हो ।हामी जनतामाझ यही कुरा बुझाउँदै छाता चिन्हमा मतदान गर्न आह्वान गरिरहेकाछौं ।‘
अरु प्रत्यासी उम्मेद्वार भन्दा आफू भिन्न र व्यवहारिक राजनीतिक स्कूलिङबाटआएको सुदिपको दावी छ ।
पहिचान र संघीयताको निम्ति जसपाले नेतृत्व गरेको आन्दोलनमा निरन्तरसहभागी हुँदै युवा पुस्ता र समाजका हरेक गतिविधिमा आफ्नो सकृय सहभागितार योगदान नै मत पाउने बलियो आधार रहेको उनी बताउँछन् ।
आफ्नो चुनावी अभियान सामाजिक संरचनाले पिँधमा पारेको वर्ग र समुदायकापीडा र गुनासा सुन्नमा केन्दृत रहेको भन्दै राईले भने -‘परिवर्तन ल्याउनका निम्तिजसले सबै भन्दा धेरै दुःख र सास्ती खेपेका छन्, आज पनि बाँच्न तिनैलाई गाह्रो छ। राजनीतिले अब उनीहरुको गाली र गुनासो सुन्नुपर्छ र सच्चिनु पर्छ ।‘
आफू निर्वाचित भएर गए अवसर नपाएका युवा र विकास र परिवर्तन महसुस गर्ननपाएका वर्ग समुदायका लागि नीति बनाउने र कार्यान्वयनमा जोड दिने उनलेजिकिर गरे ।
झापा ५ को प्रदेश सभा (२) मा कमल गापाको ३ सहित दमक नगरपालिकाका १०वडा समावेश छन् ।



