adv

मोरङ ५ मा जित पक्का भएको यादवको दावी

१ मंसिर, दमक ।

एमाले–जसपा चुनावी तालमेलका मोरङ क्षेत्र नम्बर ५ का उम्मेद्वार राजकुमार यादवले सत्ता गठबन्धनको उम्मेद्वारकै कारण आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् ।

चुनाव प्रचार प्रसारको अन्तिम दिन मंसिर १ गतेसम्मको चुनावी अभियानमा जनताको घरदैलोमा पुग्दा आफूलाई मोरङ ५ का जनताले अपार माया र सद्भाव प्रकट गरेको यादवले बताए ।

उनले भने –‘यस पटक सत्ता गठबन्धनबाट दोहोरिनु भएका शिवकुमार मण्डल बिगतमा पनि जितेर जानुभयो तर जनताको समस्यामा कहिल्यै साथ रहनु भएन । त्यसैले पनि मतदाताका घरदैलोमा जाँदा मलाई व्यापक जनसमर्थन मिलेको छ ।’

उनले यस पटक जनताले आफ्नो दुःख सुखमा साथ दिने नेतालाई मत दिने जनताले बताएको दावी गरेका छन् ।

एमालेसहित जसपाको मतले आफूहरुलाई निर्वाचन जित्न कुनै कठिन नहुने दावी गर्दै यादवले भने –‘हामीले प्रदेश तर्फ (१)मा एमालेबाट सन्तोष साह र (२)मा जसपाबाटै प्रदेशकाृ सवस्थ्य मन्त्री समेत रहनुभएका जयराम यादव गरी तीनै जनाले जित्ने पक्का भइसक्यो ।’

यादले जसपाका उम्मेद्वारलाई छाता र एमालेका साहलाई सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु