adv

जसपाका अध्यक्ष यादवसहित राई र चेम्जोङको जित सुनिश्चित भएको दावी

१ मंसिर, दमक ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा) का शीर्ष नेताहरुले आसन्न निर्वाचनमा जित सुनिश्चित भएको दावी गरेका छन् ।

जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचनको क्षेत्र नम्बर २ बाट आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् ।
५ वर्षको अवधिमा सप्तरीमा शिक्षा र स्वास्थ्यमा आफूले पुर्याएको योगदान नै चुनाव जित्ने आधार रहेको अध्यक्ष यादवले दावी गरेका छन् ।

उनको निर्वाचन क्षेत्रका जनता यादवको ५ वर्षे कार्यकालबाट सन्तुष्ट रहेको र थालिएका विभिन्न काम पूरा गर्न पनि पुनः यादवलाई नै जिताउने पक्षमा खुलेर लागेको स्थानीय जसपा नेताहरुले दावी गरेका छन् ।

यादव सप्तरी २ मा सत्ता गठन्धनका लोसपा उम्मेद्वार जसप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग स्पर्धामा छन् ।
राजनीतिक उचाइ र विकासे कामका आधारमा यादवको तुलनामा गठबन्धन उम्मेद्वार ठाकुर र जनमतका राउत कम्जोर देखिएको जसपा उच्च स्रोतले दावी गरेको छ ।

त्यस्तै सुनरीको क्षेत्र नम्बर १ बाट एमाले–जसपा चुनावी तालमेल गरी मैदानमा रहेका जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई पनि जित नजिक रहेको बताइएको छ ।

जसपा सुनसरी स्रोतका अनुसार राईको पक्षमा माहोल बनेको छ र उनले गठबन्धन उम्मेद्वार मुक्साम मेन्याङ्बो र अन्य साना दल र स्वातन्त्र उम्मेद्वार भन्दा निक्कै बढी मतान्तरले निर्वाचन जित्दै छन् ।

राईलाई एमाले र जसपाको मत प्राप्त हुनुका साथै धरान र आसपास क्षेत्रका जातीय मत प्राप्त हुने र राष्ट्रिय राजनीतिमा बलियो पकड भएका हिसाबले पनि सुनसरी १ को विकास र खानेपानीलगायत समस्या समाधानका लागि उनको जित अनिवार्य हो भन्ने धराने जनताले ठानेको पार्टी स्रोत बताउँछ ।

त्यस्तै धनकुटाको प्रदेश सभातर्फ प्रदेश (१) मा उम्मेद्वारी दिएका जसपाका प्रभावशाली नेता एवम् पूर्व मन्त्री रकम चेम्जोङले पनि आफू स्पष्ट जित नजिक पुगेको दावी गरेका छन् ।

उनले धनकुटाको विकासका लागि जनताले अनुभवी उम्मेद्वारका रूपमा आफूलाई चयन गर्ने विश्वास व्यक्त गरे ।

चेम्जोङले आफ्नो फेसबुक पेजबाट भिडियो सन्देश अफलोड गर्दै भनेका छन् –‘यो अन्तिम पटक, सबै धनकुटाबासीहरुमाझ अनुरोध गर्दछु । धनकुटाको विकासका लागि यहाँहरुको मतदान अति आवश्यक छ । हजुरको एक मतले आफ्नो साथै सम्पूर्ण धनकुटा बासीको भविष्य सुनिश्चित गदर्छ । तसर्थ, यस पटक एक असल, अनुभवी र इमान्दार व्यक्तित्व छान्न छाता चिन्हमा मतदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु