४ मंसिर, दमक ।
फोटो फाइल ।
आज मंसिर ४ गते आइतबार । बिहान ७:३० बजेबाट देशैभर मतदान सुरु भएकोछ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि देशैभर मतदानकार्य सुरु भएको हो ।
निर्वाचन आयोगले दिएको प्रारम्भिक जानकारी अनुसार बिहानैदेखि मतदानकालागि आम मतदाताहरुको उत्साह पूर्ण सहभागिता मतदान केन्द्रहरुमा देख्नसकिन्छ ।
निर्वाचन कार्य शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तीनघेरामा उच्च सुरक्षा व्यवस्ता मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।
आयोग र सरकार दुवैले आम मतदाता हरुलाई निर्धक्क भएर मतदानमा सहभागीहुन र आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
आज बिहान ७:३० बजेबाट सुरु भएको मतदान कार्य साँझ ५ बजे सम्पन्न हुनेछ ।
मतदान कार्य सकिएसँगै आइतबार राति नै मतपेटिका मतदान स्थलहरुबाटसंकलन गरी मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयहरुमापुर्याइने र सर्वपक्षीय बैठक बसाइ मत गणनासमेत सुरु गर्ने आयोगको तयारी छ ।
निर्वाचन कार्यक्रम अन्तरगत देशैभर १० हजार ८ सय ९२ मतदान स्थलहरुमा २२हजार २ सय २७ मतदान केन्द्र रहेका छन् ।
आजको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना बालिकमतदाता नागरिक मतदान गर्न योग्यता पुगेका आयोगको भनाइ छ ।
प्रतिनिधि सभा खुल्ला १ सय ६५ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २हजार ४ सय १२ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभाकै समानुपातिकबन्द सूचीमा २ हजार १ सय ९९ उम्मेद्वारको नाम सूचीकृत रहेको आयोगलेजनाएको छ ।
त्यस्तै ७ प्रदेश अन्तरगत ३ सय ३० निर्वाचन क्षेत्रका लागि दल र स्वतन्त्र गरी ३हजार २ सय २४ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभातर्फ समानुपातिकसिटका लागि ३ हजार ७ सय ८ जनाको नाम बन्द सूचीमा समावेश रहेको छ ।


